NL न्यूज
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक बन्द सूची बाहिर आएपछि धेरैलाई झट्का लागेको छ। किनकी यो त पार्टीको सूचीभन्दा बढी कुलमान घिसिङको निजी सूचीजस्तो देखिएको छ ।
उज्यालो नेपाल पार्टीबाट रास्वपामा परेका १४ जना नामले अहिले राजनीति होइन, नातागोता चर्चा गराइरहेको छ। १८ जनाको सूची दिइयो, ४ जना काटिए, बाँकी १४ जनामध्ये धेरैजसो कुलमानसँग कुनै न कुनै सम्बन्ध गाँसिएका छन् । योग्यता छ कि छैन भन्ने बहस अलग कुरा हो, तर यहाँ प्रश्न उठेको छ—छनोटको मापदण्ड के थियो ?
आदिवासी जनजाति पुरुषतर्फ पहिलो नम्बरमा परेका डा. राम लामा। मेकानिकल इन्जिनियर, पीएचडी होल्डर, जलविद्युत् क्षेत्रमा काम गरेको अनुभव—सबै ठीकै। तर एउटा कुरा —उनी कुलमानका भान्जा हुन्। राजनीतिमा पहिलो पाइला नै पहिलो नम्बरबाट, त्यो पनि मामा संरक्षक भएको पार्टीमा, स्वाभाविक रूपमा प्रश्न उठ्छ।
सूची यतिमै सकिँदैन। आठौं नम्बरमा धर्मलाल तामाङ—कुलमानका भाइका ससुरा।
पुछारतिर तुलसा वाइवा—उज्यालो नेपालको कार्यसचिवकी पत्नी।
खस आर्य क्लस्टरमा दुर्गाबहादुर सुबेदी—बाल्यकालदेखिका लगौंटिया साथी।
अब साधारण कार्यकर्ताले सोध्ने प्रश्न गलत त होइन होला— “पार्टीमा काम नगरेर पनि सांसद बन्ने बाटो यति सजिलो रहेछ ?”
सबैभन्दा रोचक कुरा के भने, उज्यालो नेपालबाट सिफारिस भएर आएका केही नाम त पार्टीका केन्द्रीय नेताहरूलाई समेत थाहा छैन। एक केन्द्रीय सदस्यले त खुलेरै भने— “५–६ जनाबाहेक अरूको नाम त मैले पहिले सुनेको पनि थिइनँ।”
छलफल नगरी, बैठक बिना, एकल निर्णयमा सूची बुझाइएको आरोप पनि त्यत्तिकै आएको होइन। नयाँ राजनीति भनेर उफ्रिएको पार्टीभित्रै पुरानै रोग देखिन थालेको टिप्पणी अहिले सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छ। अध्यक्ष अनुपकुमार उपाध्याय स्वयं सूचीमा छन्, तर छैटौं नम्बरमा। अध्यक्ष भएर पनि सांसद बन्ने सम्भावना कमजोर। यसले देखाउँछ— पार्टी चलाउने र सूची बनाउने शक्ति एउटै हातमा छैन।
डा. महेन्द्र लावतीको असन्तुष्टि पनि यही कारणले हो। पहिलो नम्बरमा परे स्वीकार्ने, नभए असन्तुष्ट हुने सन्देश जानु आफैंमा सूची कति ‘रणनीतिक’ छ भन्ने संकेत हो। कुलमान घिसिङ उर्जाक्षेत्रका सफल प्रशासक हुन्, लोडसेडिङ अन्त्यको श्रेय पनि उनकै नाममा छ। तर राजनीति भनेको केवल सिस्टम चलाउने कुरा होइन, प्रक्रिया र पारदर्शिता पनि हो। उज्यालो नेपालबाट आएको सूचीले उज्यालोभन्दा बढी छायाँ बनाएको छ। अब हेर्न बाँकी छ, रास्वपाले यो छायाँलाई बेवास्ता गर्छ कि सच्याउने साहस देखाउँछ। किनकि राजनीतिमा उज्यालो देखाउन आफ्नै घरबाट सुरु गर्नुपर्छ।

प्रकाशित मिति:
मंगलबार, पुस १५, २०८२
१८:३७
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्