NL न्यूज
काठमाडौं । नेपाली काँग्रेसका नेता मिनबहादुर विश्वकर्माले देशमा विभिन्न नाटकको रूपमा सिंहदरबार, संसद भवन र अन्य ऐतिहासिक धरोहर जलाउने व्यक्तिहरूबाट डर नभएको स्पष्ट पारेका छन्।
मंगलवार काठमाडौंमा मदन–आश्रित प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, “आज यो देश जलाउने लुसिफरहरूसँग हामीलाई खतरा छैन। ठगी गरेर पपुलिजमको खेती गर्नेहरूसँग खासै डर छैन। यी सबै क्षणिक घटना हुन्।”
विश्वकर्माले समाजमा खतरा दुष्टको धृष्टताबाट नभई सज्जनको निषेधबाट हुने बताए। उनले भदौ २३–२४ को घटना नेपाल र नेपालीको हितमा नभएको पनि स्पष्ट पारे।
उहाँले नेपालमा पटक-पटक भएको क्रान्ति, संघर्ष र आन्दोलनबाट प्राप्त उपलब्धि नष्ट गर्ने कुनै पनि अभियानले नेपाली काँग्रेस र नेकपा एमालेका सदस्यहरूलाई सहभागी बनाइरहेको छैन भन्नेमा जोड दिए ।





प्रतिक्रिया दिनुहोस्