Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

सरकारलाई एमालेको प्रश्न ‘भगाईएका कैदी, लुटिएका हतियारबीच भयरहित निर्वाचन कसरी सम्भव?’

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले मुलुकमा भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने अवस्था अझै नबनेको बताएका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा उनले भगाईएका कैदी, लुटिएका हतियार र सुरक्षा कर्मीहरूको कमजोर मनोबलले आगामी निर्वाचन चुनौतीपूर्ण बन्ने बताएका छन्।

फागुन २१ का लागि निर्वाचन मिति घोषणा भइसके पनि विघटित प्रतिनिधि सभाका बहुसंख्यक सांसदहरूले विघटनविरुद्ध उठाएका संवैधानिक र न्यायिक प्रश्नहरूको परीक्षण अझै बाँकी रहेको भन्दै ज्ञवालीले निर्वाचन निश्चित नभएको बताए।

‘निर्वाचनको मिति तय भएको छ, तर प्रतिनिधि सभाको विघटनको विषयमा संवैधानिक र न्यायिक प्रक्रिया अझै चलिरहेको छ,’ उनले भने, ‘त्यसैगरी, भगाईएका हजारौं कैदी र लुटिएका आधुनिक हतियार तथा सुरक्षा कर्मीहरूको कमजोर मनोबलबीच भयरहित निर्वाचन कसरी सम्भव हुन्छ भन्ने यक्ष प्रश्न यथावत छ।’

ज्ञवालीले पपुलिजममा आधारित राजनीतिले मुलुकलाई स्थायी प्रगति गर्न नसक्ने पनि जोड दिए।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार