Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

उज्यालो नेपालले सिफारिस गरेका १८ मध्ये ४ नाम रास्वपाले काट्यो

काठमाडौं । तत्कालीन उज्यालो नेपाल पार्टीले आफ्नो तर्फबाट समानुपातिकतर्फ सिफारिस गरेको १८ जनाको नामबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चार जनाको नाम हटाएको पाइएको छ।

उज्यालो नेपाल पार्टीले पठाएको सूचीमध्ये रास्वपाले लाक्पा फुटी शेर्पा, देवकी पौडेल, कुमार राज सुवेदी र राजदेव रामको नाम काटिदिएको हो। यसअघि उज्यालो नेपाललाई समानुपातिकतर्फ १८ जनाको नाम समेट्ने सहमति भएको बताइए पनि चार नाम हटाइएपछि उज्यालो नेपालबाट सिफारिस भएका उम्मेदवारको संख्या १४ मा सीमित भएको छ।

सोमबार रास्वपा र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीच एकताका लागि सात बुँदे सहमति भएको थियो। उक्त सहमतिसँगै उज्यालो नेपालले तयार पारेको समानुपातिक बन्दसूची छुट्टै रूपमा निर्वाचन आयोगमा बुझाइएन।

तर, केन्द्रीय कमिटीबाट निर्णय नगरी एकता सहमति गरिएको र समानुपातिक बन्दसूचीमा समेत सहमति नगरिएको भन्दै उज्यालो नेपाल पार्टीका बहुसंख्यक केन्द्रीय सदस्य असन्तुष्ट रहेको केन्द्रीय सदस्य तुलसा वाइबाले जानकारी दिइन्। उनका अनुसार प्रक्रिया नमिल्दा पार्टीभित्र असहमति चुलिएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार