Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

रामवरण यादवका छोरा चन्द्रमोहन कांग्रेसको समानुपातिक उम्मेदवारको सूचीमा

काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाएको छ। अन्तिम मिति हिजो रहे पनि कांग्रेसले आज मात्र सूची बुझाएको हो।

समानुपातिक सूचीमा नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादव पनि अटाएका छन्। यादव यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि कांग्रेसको समानुपातिक बन्दसूचीमा परेका थिए। तर, बरियता क्रम नमिलाई नाम राखिएको भन्दै उनले आफ्नो नाम फिर्ता लिन निर्वाचन आयोगमा निवेदन दिएका थिए।

डा. चन्द्रमोहन यादव नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षका रूपमा चिनिन्छन्। 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार