Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा निर्वाचित

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा विजयी भएका छन्। उनले डा. गुरुशरण शाह र डा. अजय सिंह थापालाई पराजित गर्दै उपाध्यक्ष पद हात पारेका हुन्। शेर्पा वीर अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ हुन्।

पुष ४, ५ तथा ११ र १२ गते सम्पन्न निर्वाचनमार्फत एक उपाध्यक्षसहित आठ सदस्य चयन गरिएको थियो। निर्वाचनमा कुल ११ हजार ९ सय २२ मत खसेको काउन्सिलले जनाएको छ।

सदस्य पदमा डा. छविलाल पन्थी, डा. सारिका गोइत, डा. दीपेन्द्र पाण्डे, डा. योविन यादव, डा. अस्मिता पोखरेल, डा. सम्राट पराजुली, डा. रविन बस्नेत र डा. नीना राई निर्वाचित भएका छन्।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार