Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

रास्वपाको समानुपातिक सूचीमा व्यवसायीको पनि हालीमुहाली

काठमाडौं । प्रतिनिधिसभाको आउँदो निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक गरेको समानुपातिक सूचीमा व्यवसायीहरूको उल्लेख्य उपस्थिति देखिएको छ। रास्वपाले खस आर्य र आदिवासी जनजाति दुवै पहिचान समूहबाट विभिन्न व्यवसायिक पृष्ठभूमिका व्यक्तिलाई सूचीमा समेटेको हो।

समानुपातिक सूचीमा रहेका व्यवसायीहरू
१. सचिन ढकाल

खस आर्य पहिचान समूहअन्तर्गत पुरुषतर्फ दोस्रो नम्बरमा रहेका ढकाल आईएमई ग्रुपका निर्देशक हुन्। उनी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालका छोरा हुन्। साथै, फ्रेन्चाइज फुटबल क्लब एफसी चितवनका अध्यक्षसमेत रहेका छन्।
२. विदुषी राणा
खस आर्य समूहअन्तर्गत महिलातर्फ दोस्रो नम्बरमा रहेकी राणा गोल्डस्टार जुत्ता कम्पनीकी कार्यकारी निर्देशक हुन्। गोल्डस्टारका उत्पादन नेपालसँगै अमेरिका, बहरेनलगायत देशमा निर्यात हुँदै आएका छन् र विदेशमा आधिकारिक शोरुमसमेत सञ्चालनमा छन्।
३. लिमा अधिकारी (आचार्य)
खस आर्य समूहबाट तेस्रो नम्बरमा समेटिएकी अधिकारी रास्वपाकी पूर्व कोषाध्यक्ष हुन्। उनी नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को सञ्चालक समिति सदस्य छन्। उनका श्रीमान सुदीप आचार्य डिशहोमका कार्यकारी निर्देशक हुन्।
४. डा. राम लामा
आदिवासी जनजाति पहिचान समूहबाट समानुपातिक सूचीको पहिलो नम्बरमा रहेका डा. लामा ऊर्जा व्यवसायी तथा काठमाडौं विश्वविद्यालयका प्राध्यापक हुन्। मेकानिकल इन्जिनियरिङमा पीएचडी गरेका उनले जलविद्युत् क्षेत्रमा १० वर्षभन्दा बढी औद्योगिक अनुभव हासिल गरेका छन्। उनी ग्रिन हाइड्रोजन ल्याबका कोअर्डिनेटरसमेत हुन्।
५. अनुष्का श्रेष्ठ
आदिवासी जनजाति समूहबाट १८औँ नम्बरमा रहेकी श्रेष्ठ सन् २०१९ की मिस नेपाल हुन्। उनी ‘माक्कुसे’ नामक लक्जरी मिठाइ ब्रान्डकी सञ्चालक हुन्, जसले पुष्टकारी, गुँदपाक र कुकिज उत्पादन गर्दै आएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार