Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

कांग्रेसले बुझायो समानुपातिक बन्दसूची, ११० जनाको नाम आयोगमा दर्ता

काठमाडौं । नेपाली कांग्रेसले आशन्न प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। सभापति शेरबहादुर देउवाको डिजिटल हस्ताक्षरलाई आयोगले तत्काल मान्यता नदिँदा कांग्रेसले मंगलबार ढिलो गरी सूची दर्ता गराएको हो।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार राति साढे ११ बजेपछि ११० जनाको नाम आयोगमा बुझाएका हुन्। स्रोतका अनुसार आयोगसँगको प्राविधिक प्रक्रियाका कारण सूची बुझाउन ढिलाइ भएको हो।

निर्वाचन आयोगले दलहरूलाई पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको सूची बुझाउने समय दिएको थियो। कांग्रेसले यसपटक २०६४ सालदेखि समानुपातिक सांसद भइसकेकालाई बन्दसूचीमा समावेश गरेको छैन।

प्रदेशगत रूपमा कोसीबाट १८, मधेशबाट २१, बागमतीबाट २२, गण्डकीबाट ११, लुम्बिनीबाट १७, कर्णालीबाट १० र सुदूरपश्चिमबाट १० जना उम्मेदवार समावेश गरिएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार