Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

काम नगर्ने ठेक्का तोड्नु सरकारको बाध्यता हो : मन्त्री घिसिङ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले वर्षौंसम्म काम नगर्ने ठेक्का तोड्नु सरकारको बाध्यता भएको बताएका छन्। सडक बोर्ड नेपालको २३ औँ वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री घिसिङले कम बजेटमा ठेक्का लिएर काम नगर्ने र जनतालाई दुःख दिने प्रवृत्ति बढेपछि सरकार ठेक्का तोड्न बाध्य भएको स्पष्ट पारे।

उनले सबै निर्माण व्यवसायी गलत नभएको भन्दै समयमा काम सम्पन्न गर्ने व्यवसायीलाई सरकारले निरन्तर प्रोत्साहन गर्दै आएको बताए। निर्माण क्षेत्रमा देखिएका समस्या समाधानका लागि केही ऐन र नियमावली संशोधनको तयारीसमेत भइरहेको उनको भनाइ छ।

निर्माण व्यवसायीबिना देशको समग्र विकास सम्भव नहुने उल्लेख गर्दै मन्त्री घिसिङले विकास बजेटको खर्च निर्माण व्यवसायीमार्फत मात्रै हुने भएकाले उनीहरूको क्षमता विकासमा ध्यान दिनुपर्ने बताए।

कार्यक्रममा उनले सडक बोर्डमार्फत काम गर्न धेरै माग आउने गरे पनि सीमित बजेटका कारण सबै माग सम्बोधन गर्न समस्या रहेको बताए। संघीयताको मर्म नबुझ्दा सडक मर्मतमा समेत समस्या देखिएको भन्दै स्थानीय र प्रदेश तहले गर्नुपर्ने मर्मतका काम संघीय सरकारतर्फ देखाएर अल्झिने प्रवृत्ति बढेको उनको भनाइ छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार