Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबीच भएको सात बुँदे सहमति पत्रमा के छ ? ( पूर्णपाठसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच एकता सम्बन्धी सहमति भएको छ। सोमबार काठमाडौंमा दुवै पार्टीका शीर्ष नेतृत्वबीच सहमति पत्रमा हस्ताक्षर भएको हो।

रास्वपा र उनेपाबीच भएको सहमतिको सात बुँदाहरू
१. नवयुवाहरू (Gen-Z) ले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको मर्मलाई आत्मसात् गर्दै, आन्दोलनका घाइते तथा सहिद परिवारका मागहरू यथाशीघ्र सम्बोधन गर्न प्रतिबद्ध रहने।
२. उज्यालो र आत्मनिर्भर अर्थतन्त्र, डेलिभरीमा आधारित राजनीति, योग्यता प्रणाली (Meritocracy) को स्थापना, भ्रष्टाचार शून्य सहनशीलता, सुशासनप्रति प्रतिबद्धता, समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरूका लागि गरिने प्रत्येक नीति तथा कार्यक्रममार्फत आर्थिक, सामाजिक र संरचनात्मक सुधार गर्दै आगामी दशकभित्र नेपाललाई समानतामूलक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्र कार्यान्वयनप्रति प्रतिबद्ध हुने।
३. पहिलो पक्ष र दोस्रो पक्षबीच एकता भएपश्चात् स्थापित हुने राजनीतिक दलको नाम “राष्ट्रिय स्वतन्त्र पार्टी” रहने। दलको झण्डा साविककै रहने, चुनाव चिन्ह घण्टी कायम रहने, र केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने।
४. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र उपसभापतिमा कुलमान घिसिङ, डा. पी. अर्याल रहने।
५. उज्यालो नेपालको अभियानलाई अपनत्व दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यक्रमहरूसँग जोड्दै, एकता पश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सशक्त र प्रभावकारी बनाउने। उज्यालो नेपाल पार्टीमा आबद्ध युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई उपयुक्त समायोजन गरी जिम्मेवारी प्रदान गर्ने, तथा संगठनिक क्षमतालाई आधार मान्ने।
६. यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अध्यावधिक गर्ने।
७. राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ‘घण्टी’ मा गोलबद्ध भई लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य समुह, संस्था तथा परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आह्वान गर्ने।


सहमतिको साक्षीमा काठमाडौं महानगरका मेयर बालेन्द्र शाह छन् । 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार