Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

जेनजी अगुवा सुदन गुरुङको दाबी: रवि, बालेन र कुलमान चुनावमा सँगै जाने सहमति

काठमाडौं । जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले रवि लामिछाने, बालेन्द्र शाह (बालेन) र कुलमान घिसिङ आगामी निर्वाचनमा एकसाथ जाने सहमतिमा पुगेको दाबी गरेका छन्। उनले रवि र कुलमानसँगको तस्बिर सार्वजनिक गर्दै तीन जनालाई मिलाउन सफल भएको उल्लेख गरेका छन्।

गुरुङले सामाजिक सञ्जालमा लेखेका छन्, “हाम्रो राष्ट्रको लागि, हाम्रो भविष्यको लागि, हाम्रो देशको लागि मिलाएरै छोडें र इतिहासले सम्झनेछ। रवि, बालेन र कुलमान चुनावमा सँगै लड्नेछन्।”

उच्च स्रोतका अनुसार आज कमलपोखरीमा रवि, बालेन र कुलमानबीच छलफल भएको र सहमतिमा हस्ताक्षरको तयारी भइरहेको छ। यसैबीच, आसन्न निर्वाचनमा एकीकृत रूपमा प्रतिस्पर्धा गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच पनि सहमति जुटेको बताइएको छ।

समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम समयमा पुगेर रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीचको वार्ता सहमतिमा पुगेको उच्च स्रोतको दाबी छ। तत्काल समानुपातिक सूची बुझाएर पार्टी एकीकरणसम्बन्धी थप विषयमा औपचारिक सहमति गर्ने तयारी रहेको जनाइएको छ।

सुदन गुरुङको स्ट्याटस हेर्नुहोस् ।

 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार