Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

नेपाली कम्युनिस्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच ऐतिहासिक सहमति

काठमाडौं । रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी र नेपाली कम्युनिस्ट पार्टीबीच बहुपक्षीय सहमति पत्रमा हस्ताक्षर भएको छ। सहमतिमा सामाजिक न्याय, समावेशीकरण र थारू–मधेस मुद्दामा संयुक्त संघर्ष गर्ने प्रतिबद्धता जनाइएको छ।

दुवै पार्टीले आगामी निर्वाचनमा तालमेल र कार्यगत एकता गर्ने, राष्ट्रिय स्वाधीनता, साम्यवाद र जनजीविका सुधारका विषयमा साझा अठोटका साथ अघि बढ्ने सहमति गरेका छन्। यो सहमतिले तराई–मधेसको राजनीतिक आवाजलाई थप बलियो बनाउने र वामपन्थी एकताको दिशामा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ।

अब सबैको चासो फागुन २१ को निर्वाचनमा यो सहमति कत्तिको प्रभावकारी हुन्छ भन्नेमा केन्द्रित छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार