Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगमा पूर्वगृहमन्त्री रमेश लेखकको बयान

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनपछि गठित जाँचबुझ आयोगमा बयान दिन सोमबार सिंहदरबार पुगेका छन्। आयोगले उनलाई गत साता बयानका लागि पत्र पठाएको थियो।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका समयमा लेखक गृहमन्त्रीको जिम्मेवारीमा थिए। सोही घटनासम्बन्धी छानबिनका क्रममा आयोगले लेखकसँग बयान लिन लागेको हो।

जेनजी आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको थियो। त्यतिबेला नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए। आन्दोलन चर्किँदै गएपछि भदौ २३ गते बेलुका मन्त्रिपरिषद् बैठक चलिरहेकै बेला लेखकले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए।

जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि बयान लिने तयारी गरेको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार