NL न्यूज
भाद्र २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोग समक्ष उपस्थित भएर 'हामी नेपाली'का नेतृत्वकर्ता सुदन गुरुङले बयान दिएका छन् । आयोगका प्रवक्ता पूर्व एआईजी विज्ञानराज शर्माका अनुसार आइतबार दिउँसो उनी बयान दिन उपस्थित भएका हुन् ।
सुदन गुरुङले पनि सामाजिक सञ्जालमार्फत आफू हामी नेपालका आर्थिक कारोबार सम्बन्धी हालसम्मका सम्पूर्ण कागजातसहित छानबिन आयोगमा उपस्थित भएको बताएका छन् । 'हामी माथि लगाइएको आरोपको सत्यतथ्य प्रमाणसहित स्पष्ट पार्ने प्रक्रियामा स्वयं अगाडि बढेको छु ।
सत्य कहिल्यै डराउँदैन,' उनले सञ्जालमा लेखेका छन्, 'छानबिनमार्फत सत्य उजागर हुनेछ भन्नेमा म पूर्ण विश्वस्त छु। आरोप होइन, प्रमाण बोल्नुपर्छ र आज मैले प्रमाण प्रस्तुत गरेका छु।'
सम्बन्धित समाचार
रवि-बालेनका चेकलिष्ट : ओलीदेखि आरजुका फाइल खुल्दै, महाराजगन्जदेखि गुण्डुसम्मै हलचल
कतिन्जेल खास्टो ओढेर घ्यु खानुहुन्छ?
रबि बालेन एकताबाट के आशा गर्नुहुन्छ ?
कसले बोक्छ जेनजी सम्झौताको अभिभारा ? रवि बालेनले लेलान त अपनत्व ?
तीन दलले बुझाए समानुपातिक सूची, सरकार जेनजी सम्झौताबारे रवि बालेन सहमति मौन





प्रतिक्रिया दिनुहोस्