NL न्यूज
काठमाडौं । रौतहटको कटहरिया नगरपालिकामा रहेको ज्योती डिस्टिलरीमा शनिबार बिहान विस्फोट भएको छ। डिस्टिलरीमा जडान गरिएको बोइलर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना कामदार घाइते भएका छन्।
प्रारम्भिक जानकारीअनुसार विस्फोट अत्यन्तै शक्तिशाली भएकाले डिस्टिलरी परिसरमा भौतिक क्षति पुगेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। गम्भीर घाइतेहरूलाई थप उपचारका लागि वीरगञ्ज पठाइएको छ।
ईलाका प्रहरी कार्यालय कटहरियाका प्रहरी सहायक निरीक्षक धर्मेन्द्र पौडेलका अनुसार एक जनाको घटनास्थलमै मृत्यु भएको हो। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
विस्फोटको कारण तथा मृतक र घाइतेहरूको पहिचान हालसम्म खुल्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।





प्रतिक्रिया दिनुहोस्