NL न्यूज
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह एकताको सहमतिनजिक पुगेको भनिएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै वैकल्पिक राजनीतिक शक्ति र जेन–जी समूहलाई एकै ठाउँमा उभ्याएर पुराना दलहरूलाई चुनौती दिने रणनीतिमा उनीहरू सहमत भएको रास्वपा नेताहरू बताउँछन् ।
शुक्रबार बिहानदेखि सहमतिका खाका तयार पार्न गठित कार्यदलले पटक–पटक छलफल गरे पनि केही प्राविधिक विषयमा अझै पूर्ण सहमति जुट्न बाँकी रहेको स्रोतले जनाएको छ। आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर अघि बढ्न रास्वपा तयार भए पनि अन्य विषयमा अन्तिम टुंगो लाग्न बाँकी छ।
स्रोतका अनुसार, सहमतिका मुख्य बुँदा समेटिएको प्रारम्भिक खाका रास्वपा सभापति रवि लामिछानेलाई बुझाइएको छ। लामिछानेले कार्यदललाई प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छन्। तर मेयर बालेन शाहले भने अझै अन्तिम निर्णय नगरेको स्रोतले बतायो ।





प्रतिक्रिया दिनुहोस्