Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

रास्वपासँग नभई आफ्नै पार्टीबाट चुनावी मैदानमा बालेन, दुई दिनमा ककसलाई भेटे ?

दुई दिनमा २१ जनासँग बालेनको छलफल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले रास्वपासँग सहकार्यको अनिश्चितताबीच आफ्नै पार्टी ‘देश विकास पार्टी’ मार्फत चुनावमा जाने तयारीलाई बुधबार र बिहीबार तीव्र बनाएका छन्। फागुन २१ को निर्वाचनलाई लक्ष्य गर्दै उनले राजनीतिक दल, वैकल्पिक शक्ति, जेनजी प्रतिनिधि र स्वतन्त्र धारका नेताहरूसँग लगातार भेटवार्ता गरेका हुन्।
ललितपुरको कुपण्डोलस्थित आफ्ना निकट सहयोगी कुमार व्यञ्जनकारको निवासलाई ‘राजनीतिक वार रुम’ बनाउँदै बालेनले बुधबारदेखि बिहीबारसम्म म्याराथन मिटिङ गरे।  दुई दिनमा उनले २१ जनासँग भेट गरेका छन्। भेटवार्ताले बालेन अब संसदीय राजनीतिमा औपचारिक प्रवेश गरेको स्पष्ट सन्देश दिएको छ।
बालेनको लक्ष्य स्पष्ट छ—
आफू मात्र एउटा क्षेत्रमा उम्मेदवार बन्ने होइन,
१६४ प्रत्यक्ष र समानुपातिक सिटमा नयाँ, स्वच्छ र वैकल्पिक उम्मेदवार उभ्याउने।


बुधबार–बिहीबार बालेन शाहले भेटेका नेताहरू र प्रतिनिधिहरूको सूची
सोमबार बेलुका
१. रवि लामिछाने
सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी (६ घण्टा लामो एक्लाएक्लै वार्ता)
बुधबार 

१. डा. भगवान् कोइराला
२. राप्रपा नेता ज्ञानेन्द्र शाही
३. युवा अभियन्ता केपी खनाल
४. जेनजी फ्रन्टकी संयोजक रक्षा बम
५. अभियन्ता सागर ढकाल
६. पूर्व सचिव भीम उपाध्याय
७. विवेकशील साझाका पूर्व नेता मिलन पाण्डे 
बिहीबार
१. कुलमान घिसिङ ऊर्जा मन्त्री, अध्यक्ष: उज्यालो नेपाल पार्टी
(देश विकास पार्टीसँग एकता वा विलयको छलफल)

२. सुनील शर्मा नेपाली कांग्रेस नेता, निवर्तमान सांसद (मोरङ–३)
३. रवि लामिछाने सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी (‘निर्णायक’ वार्ता, निष्कर्ष खुल्न बाँकी)
४. अमरेशकुमार सिंह निवर्तमान स्वतन्त्र सांसद
(दोस्रो भेट)

५. शिशिर खनाल पूर्वसांसद, राष्ट्रिय स्वतन्त्र पार्टी
६. डा. बाबुराम भट्टराई पूर्वप्रधानमन्त्री, नेता: प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)
७. खगेन्द्र सुनार अध्यक्ष, हाम्रो नेपाल पार्टी

 जेनजी (Gen-Z) प्रतिनिधि तथा अभियन्ता

१. रक्षा बमसंयोजक, नेपाल जेनजी फ्रन्ट
२. पुरूषोत्तम यादव
३. युजन राजभण्डारी
४. रोहनराज दंगालसंयोजक, जेन फोर्स
५. जेम्स कार्की
६. सुदन गुरुङसंयोजक, हामी नेपाल
७. प्रदीप ज्ञवालीजेनजी अभियन्ता

राजनीतिक संकेत के हो ?
बालेन अब रास्वपाको प्रतीक्षामा छैनन् भन्ने देखिएको छ । उनले लौरो’ चिन्हसहित देश विकास पार्टीलाई केन्द्रीय वैकल्पिक शक्तिका रूपमा उभ्याउने तयारी गरेका छन् । कुलमान घिसिङ, रवि लामिछाने र जेनजी शक्तिसँग एकै प्लेटफर्म बनाउने प्रयास भने गरिरहेका छन् ।   अब प्रश्न बाँकी छ  लौरो एक्लै अघि बढ्छ कि घन्टी, उज्यालो र जेनजीसँग मिलेर नयाँ राजनीतिक समीकरण जन्मिन्छ ? समयले जवाफ दिनेछ।
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार