Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

विश्वप्रकाश शर्माको असाधारण घोषणा: आगामी निर्वाचन नलड्ने

काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने घोषणा गर्दै पार्टी राजनीतिमा नयाँ बहसको ढोका खोलेका छन् ।

बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा शर्माले झापा–१ बाट सर्वसम्मत सिफारिस हुँदाहुँदै पनि उम्मेदवार नबन्ने निर्णय सुनाएका हुन् । सिफारिसप्रति आभार व्यक्त गर्दै शर्माले पद र चुनावभन्दा पार्टी निर्माण र राजनीतिक संस्कार महत्वपूर्ण हुने संकेत दिएका छन् ।

सत्ता र चुनावमुखी राजनीतिमा यो घोषणा असहज तर अर्थपूर्ण मानिएको छ, जसले कांग्रेसभित्र नेतृत्व, उत्तराधिकार र राजनीतिक जिम्मेवारीबारे गम्भीर प्रश्न उठाएको छ ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार