Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

रवि–कुलमानपछि बाबुराम पनि मैदानमा

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक बाबुराम भट्टराई र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच करिब एक घण्टा भेटवार्ता भएको छ।

बिहीबार ललितपुरस्थित मेयर शाहका सहयोगी कुमार बेनको निवासमा भएको भेटमा समसामयिक राजनीति र वैकल्पिक शक्तिको सम्भावित सहकार्यबारे छलफल भएको बताइएको छ।

भेटका क्रममा पूर्वप्रधानमन्त्री भट्टराईले नयाँ र वैकल्पिक शक्तिहरू एक भएर अघि बढ्नुपर्ने सुझाव दिएका थिए। उक्त सुझावलाई मेयर शाहले सकारात्मक रूपमा लिएको भट्टराईले जानकारी दिए।

‘नयाँ र वैकल्पिक शक्ति एक भएर जानुपर्छ भन्ने कुरा म पहिलेदेखि नै भन्दै आएको छु। आज बालेनजीले यसै विषयमा मसँग परामर्श गर्नुभएको हो,’ भट्टराईले भने, ‘यसमा उहाँ सकारात्मक देखिनुहुन्छ।’

भट्टराईले नयाँ शक्तिहरू मिलेर अघि बढे आफूबाट सद्भाव रहने पनि स्पष्ट पारे।  यसअघि मेयर शाहले उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तथा जेन–जी समूहका अगुवाहरूसँग समेत राजनीतिक छलफल गरिसकेका छन्।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार