Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

पार्टीले पनि गाली गर्छ, जेनजीले पनि गाली गर्छ, पेन्डुलम भएका छौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफूहरू जहाँ गए पनि आलोचना र दबाबकै सामना गर्नुपरेको भन्दै दिक्दारी व्यक्त गरेकी छन्।

बाह्रखरी मिडियाद्वारा बिहीबार काठमाडौंमा आयोजित उत्कृष्ट कथा घोषणा समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचन सम्पन्न गर्न सरकार सकसका साथ काम गरिरहेको बताइन्। केही युवाहरूले ‘निर्वाचन किन गर्ने ?’ भनेर प्रश्न उठाउने गरेको उल्लेख गर्दै उनले वैधानिकता र कानुनी कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य रहेको स्पष्ट पारिन्।

प्रधानमन्त्री कार्कीले जेन–जी पुस्ताबाट समेत दबाब बढेको गुनासो गर्दै करिब ३० वटा छुट्टाछुट्टै जेन–जी समूहले आ–आफ्ना मागसहित हैरानी दिने गरेको बताइन्।
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार