NL न्यूज
काठमाडौं । ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको निवासमा आज बिहीबार भएको यो भेटवार्तापछि बाहिरिएका लामिछानेलाई सञ्चारकर्मीले वार्ताको विषयमा प्रश्न गरेका थिए। जवाफमा लामिछानेले हाँस्दै प्रतिप्रश्न गर्दै भने, “मेरो अनुहारले के भन्छ?”
सामान्यतया मिडियासँग खुलस्त कुरा गर्ने गरेका लामिछानेले यसपटक भने भेटबारे थप कुनै प्रतिक्रिया दिएनन् र चुपचाप बाहिरिए।
यसअघि गत सोमबार पनि उनीहरूबीच कमलपोखरीमा लामो छलफल भएको थियो, जसलाई वैकल्पिक राजनीतिक शक्ति निर्माण तथा आगामी निर्वाचनमा सहकार्यको सम्भावनाका रूपमा हेरिएको छ।
तर आजको भेटको विस्तृत विवरण भने सार्वजनिक भएको छैन।
प्रकाशित मिति:
बिहीबार, पुस १०, २०८२
१५:४७
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२





प्रतिक्रिया दिनुहोस्