NL न्यूज
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँगको वार्ता सकेर बाहिरिएका छन्। ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको निवासमा बिहीबार दुई नेताबीच छलफल भएको हो।
वार्ता सकेर बाहिरिँदै गर्दा सञ्चारकर्मीले “वार्ता के भयो?” भनेर सोध्दा लामिछानेले प्रतिप्रश्न गर्दै भने,
“मेरो अनुहारले के भन्छ?”
त्यसपछि सञ्चारकर्मीले अर्को प्रश्न गरे—
“लौरो टेक्ने कि घण्टी बजाउने?”
यसको जवाफमा लामिछानेले छोटो प्रतिक्रिया दिँदै भने,
“बाँकी समयले बताउला। वार्ता राम्रो भयो।”
रास्वपाले पनि मेयर शाहसँगको छलफल सकारात्मक भएको दाबी गरेको छ। छलफलपछि लामिछानेले वार्ता सकारात्मक रहेको बताए पनि उनको अनुहारमा खासै उत्साह देखिएन। उनी हल्का मुस्कानसहित बाहिरिए। यसैबीच, बैठकमा सहभागी जेन–जी अभियन्ताहरू पनि बाहिरिएका छन्। तर उनीहरूले सञ्चारकर्मीहरूसँग कुनै प्रतिक्रिया दिन चाहेनन्। सकारात्मक भनिए पनि वार्ताको परिणामबारे धेरै कुरा अझै समयकै हातमा छ। लौरो र घण्टीबीचको राजनीतिक संकेत भने अझै खुल्न बाँकी छ।





प्रतिक्रिया दिनुहोस्