Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

बालाजुमा टिपरले मोटरसाइकललाई ठक्कर दियो, एकको मृत्यु

अर्का एक युवकको अवस्था गम्भीर

काठमाडौँ .  काठमाडौँको बालाजुमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा अर्का युवक गम्भीर घाइते भएका छन् ।

काठमाडौँको बालाजु बाइसधारा मन्दिर नजिकै गए राति करिब साढे १० बजे बा.प्र–०१–००६ ख ३४५४ नम्बरको टिपरले लु.५९ प ७०६४ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको थियो ।  

दुर्घटनामा अर्घाखाँचीको मालारानी गाउँपालिका –५ घर भई हाल काठमाडौँको बसुन्धरा बस्ने २१ वर्षीय सागर खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । खड्कको उपचारका राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

त्यस्तै दुर्घटनामा गम्भीर घाइते अर्घाखाँची सन्धिखर्क नगरपालिका घर भई हाल बालाजु हाइट बस्ने २२ वर्षीय लक्ष्मण राउतÞको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि टिपर चालक फरार छन् । 

4-1766632375.png

3-1766632374.png

2-1766632371.png

5-1766632273.png

1-1766632372.png

तस्बिर : सफल प्रकाश श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार