Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

Breaking

वैकल्पिक शक्ति बनाउन रविको दौडधुप, बालेनपछि कुलमानसँग भेटवार्ता

काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। भेटमा आगामी निर्वाचन केन्द्रित रणनीति र वैकल्पिक राजनीतिक शक्तिहरूको सम्भावित सहकार्यबारे गम्भीर छलफल भएको स्रोतले जनाएको छ।

स्रोतका अनुसार लामिछानेकै पहलमा आज घिसिङसँग भेट भएको हो। भेटमा लामिछानेले घिसिङलाई एउटै पार्टीभित्र समेटेर अघि बढ्न प्रस्ताव राखेको दाबी गरिएको छ। आगामी निर्वाचनमा कसरी जाने, संगठनात्मक संरचना र साझा एजेन्डाबारे छलफल केन्द्रित रहेको बताइन्छ। घिसिङ संरक्षित उज्यालो नेपाल पार्टी दर्ता छ । भोलि सोही पार्टीको केन्द्रीय कार्यालय उज्यालो घरको उद्घाटन पनि हुँदैछ । 

यसअघि गत सोमबार राति रास्वपा सभापति लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच करिब ६ घण्टा लामो भेटवार्ता भएको थियो। उक्त भेटपछि लामिछानेले कुलमान घिसिङसँग पनि भेट गर्ने योजना रहेको सार्वजनिक रूपमा बताएका थिए।

त्यसैगरी, बुधबार दिउँसो सय दिने कार्यप्रगति सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा ऊर्जा मन्त्री घिसिङले “वैकल्पिक शक्तिहरू एक हुनुपर्ने समय आएको” भन्दै सहकार्यको संकेत दिएका थिए। यही पृष्ठभूमिमा भएको लामिछाने–घिसिङ भेटलाई वैकल्पिक राजनीति केन्द्रित गतिविधिको महत्त्वपूर्ण कडीका रूपमा हेरिएको छ।

यद्यपि, भेटको औपचारिक विवरण सार्वजनिक भइनसकेको र दुवै पक्षबाट कुनै आधिकारिक प्रतिक्रिया नआएकाले आगामी दिनमा यसले कुन दिशा लिन्छ भन्ने चासो बढेको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार