Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

पहिले फुट, अहिले एकता ! कमल थापाको राजनीतिक रणनीति कि बाध्यता ?

काठमाडौँ – कमल थापा फेरि उही ठाउँमा फर्किएका छन्, जहाँबाट चार वर्षअघि विद्रोहको घोषणा गरेका थिए। राजेन्द्र लिङ्देनसँगको पराजयपछि पार्टी फुटाएर राप्रपा नेपाल गठन गरेका थापा अब फेरि राप्रपासँगै एकताका लागि आएका छन्।

२०७८ मंसिरको महाधिवेशनमा पराजित भएपछि थापाले पूर्वराजा र निर्मल निवासको हस्तक्षेपको आरोप लगाउँदै राप्रपाबाट अलग हुने घोषणा गरेका थिए। त्यसैको केही सातापछि उनले नयाँ पार्टी खोलेर ‘शुद्ध राजावादी’ राजनीतिको दाबी गरे।

तर चुनावी असफलता, संगठन कमजोर हुँदै जानु र राजावादी मत विभाजनको दबाबपछि थापा फेरि मूलधारमै फर्किएको राजनीतिक वृत्तमा चर्चा छ। यसपटक भने पद, हैसियत वा नेतृत्वबारे कुनै सर्त नराखी एकतामा तयार हुनुले उनको अवस्था र विवशता झल्काउने विश्लेषण गरिएको छ।

एक समय पार्टी फुटाएर अलग धार बनाएका थापा अहिले ‘एकता अपरिहार्य’ भन्ने निष्कर्षसहित फर्किनु नेपाली राजनीतिमा दोहोरिँदै आएको प्रवृत्तिको अर्को उदाहरण बनेको छ। प्रश्न उस्तै छ—यो एकता दीर्घकालीन सिद्ध हुन्छ कि अर्को अस्थायी सम्झौता मात्र ?

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार