Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

प्रतिनिधिसभा पुनर्स्थापना मागबारे ६० सांसदको रिट एकसाथ सुनुवाइ, संसद पुनर्स्थापनाको बाटो खुल्ला ?

काठमाडौँ – प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै दायर सबै रिट निवेदन अब एकैसाथ सुनुवाइ हुने भएका छन्।

कांग्रेसका ५७ र अन्य दलका ३ गरी ६० निवर्तमान सांसदले पूरक रिट निवेदन दायर गरेपछि सर्वोच्च अदालतले यसलाई पहिले दायर भएका कांग्रेसका ८ र अन्य दलका निवेदनसँगै राखेर सुनुवाइ गर्ने आदेश दिएको छ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नेतृत्वमा संवैधानिक इजलासले नयाँ निवेदकलाई पनि सुनुवाइमा सामेल गराउने निर्णय गरेको हो। यसअघि दर्ता भएका रिटहरूमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री, सभामुख लगायतका पक्षबाट लिखित जवाफ आइसकेको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार