NL न्यूज
काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले राजनीतिमा सक्रिय भइसकेको संकेत दिएका छन्।
मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले चुनावमा उम्मेदवारी दर्ता गर्ने बेलामा मन्त्री पदबाट राजीनामा दिने सम्भावना खुलाउँदै भने,
“जुन बेला हामी चुनावमा जाने समय आउँछ, उपयुक्त समयमा आवश्यक निर्णय गर्छौँ।”
घिसिङले वर्तमान सरकारको मुख्य कार्यभार निर्वाचनको तयारी भएको बताए। उनले भने,
“चुनावमा सबै नयाँ शक्तिहरू मिलेर अघि बढ्नुपर्छ। आआफ्नो क्षेत्रबाट जुनसुकै परिस्थितिमा योगदान पुर्याउनुपर्छ। सबैले आफ्नै कुरा मात्र ठिक छ भनेर अगाडि बढ्न हुँदैन। नयाँ शक्तिहरू एकजुट भएर अघि बढ्ने हो।”
प्रकाशित मिति:
बुधबार, पुस ९, २०८२
१४:०६
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२





प्रतिक्रिया दिनुहोस्