NL न्यूज
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनमा जितको खाता खोलेको छ।
भर्खरै सार्वजनिक अन्तिम मतपरिणाम अनुसार रास्वपा उम्मेदवार रञ्जु न्यौपाने (दर्शना) १५ हजार ४५५ मत प्राप्त गर्दै विजयी भएकी छन्।
उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत प्राप्त गरे। त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रवीन्द्र मिश्रले ३ हजार ९७२ मत प्राप्त गर्दै तेस्रो स्थानमा सीमित भए।
अघिल्ला दुई निर्वाचनमा झिनो मतान्तरले पराजित हुँदै आएका मिश्र यसपटक पनि जित निकाल्न असफल भएका छन्। रास्वपाका लागि भने यो परिणामलाई महत्वपूर्ण सुरुआतका रूपमा हेरिएको छ। नयाँ पार्टीको रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिएको रास्वपाले यस जितसँगै आफ्नो प्रभाव विस्तार गर्ने संकेत दिएको छ।

प्रकाशित मिति:
शुक्रबार, फागुन २२, २०८२
१०:४७
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्