Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

दोलखाको वेदिङ केन्द्रमा मतदाता भोट हाल्नै गएनन्

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका–९ वेदिङ आधारभुत विद्यालयमा खटिएका निर्वाचन कर्मचारी आफ्नै मात्रै मत बोकेर फर्किएका छन् ।

 मतदान केन्द्रमा नामावली भएका एक सय १३ जना सबै भोट हाल्न नआएपछि ५ जना निर्वाचन कर्मचारी आफैले समानुपातिक तर्फ मतदान गरि फर्किएका हुन् ।

निर्धारित समयमा मतदान केन्द्रमा कोहीपनि मतदाता नपुगेका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए ।

सो क्षेत्रको विकासका लागि राजनैतिक दल र उम्मेदवारले वेवास्ता गरेकाले मतदानमा सहभागी नभएको स्थानीयले बताएका छन्। 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार