Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

झापा–५ मा ६५ प्रतिशतभन्दा बढी मतदान, ओली–बालेन भिडन्ततर्फ सबैको ध्यान

झापा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर ५ मा ६५ प्रतिशतभन्दा बढी मतदान भएको छ। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार यस क्षेत्रमा कुल १ लाख ६३ हजार ३ सय ७१ मतदातामध्ये १ लाख ६ हजार ३७१ मत खसेको छ, जुन करिब ६५ दशमलव ११ प्रतिशत हो।

तथ्यांकअनुसार महिला मतदाता ५६ हजार ५७२, पुरुष ४९ हजार ८०० र अन्य ० मत खसेको देखिएको छ। मतदान केन्द्रहरूमा दिनभर शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ। झापा–५ मा यस पटकको निर्वाचन विशेष चासोको विषय बनेको छ, किनकि यहाँ पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहबीच बहुप्रतिक्षित प्रतिस्पर्धा हुँदैछ। यही कारणले यस क्षेत्रको निर्वाचनलाई राष्ट्रिय राजनीतिको केन्द्रमा राखेर हेरिएको छ।

राजनीतिक रूपमा महत्वपूर्ण मानिने झापा–५ मा उच्च मतदाता सहभागिताले चुनावी प्रतिस्पर्धा अझ रोचक बन्ने विश्लेषण गरिएको छ। मतदान सम्पन्न भएसँगै अब सबैको ध्यान मतगणनातर्फ केन्द्रित भएको छ।
fa656ae5-3e0f-4f95-9ab8-92360a40e59d-1772718291.jpg
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार