Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

दार्चुलाको दुई मतदान केन्द्रमा प्रत्यक्ष तर्फको ब्यालेट बक्स खाली

काठमाडौं । दार्चुलाको द्ईवटा मतदान केन्द्रमा भोट हाल्ने निर्वाचन कर्मचारी मात्रै भएका छन् ।

नौगाड गाउँपालिका–१ स्थित गौरीशंकर मावि नागुमा मताधिकार भएका स्थानीयले मतदान नगरेपछि चुनावमा खटिएका ९ जना कर्मचारीले समानुपातिकमा मात्रै भोट हालेका छन् ।
 
यहाँ ६०२ मतदाता थिए । तर, कोहीपनि मतदानमा सहभागी नहुँदा प्रत्यक्ष तर्फको मतपेटिका रित्तो रहेको सहायक मतदान अधिकृत देवसिंह फर्सवानले बताए । नागुबासीले एक महिनादेखि नागुमा सडक लगायतका विकास निर्माणको माग राख्दै निर्वाचन बहिष्कारको घोषणा गरेका थिए ।

यस्तै, अपिहिमाल गाउँपालिकाको दुधिला आधारभूत विद्यालय मतदान केन्द्रका ३ सय ४६ मतदाताले  पनि भोट हालेनन् । ०७४ सालमा भएको वडा विभाजनप्रति असन्त्ुष्टि जनाउदै स्थानीय मतदानमा सहभागी नभएका हुन् । 

सो केन्द्रमा ८ जना निर्वाचन कर्मचारीले समानुपातिकतर्फ मात्र मतदान गरेका मतदान अधिकृत प्रेमराज अवस्थीले जानकारी दिए ।  
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार