NL न्यूज
प्रतिनिधिसभा सदस्य निर्वाचन मुलुकभर शान्तिपूर्ण र उत्साहजनक ढंगले सम्पन्न भएको सुरक्षा निकायका प्रमुखहरूले बताएका छन्। प्रहरी प्रमुख दानबहादुर कार्की र सशस्त्र प्रहरी प्रमुख राजु अर्यालले निर्वाचन सुरक्षा व्यवस्थापन प्रभावकारी भएकाले मतदान कार्य समग्रमा सफलताउन्मुख रहेको बताएका हुन्।
बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल प्रहरीका महानिरीक्षक कार्कीले सुरक्षा निकायहरूबीचको आपसी समन्वय तथा एकीकृत सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयनका कारण देशभर शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको बताए। उनका अनुसार केही स्थानमा सामान्य दलीय प्रकृतिका विवाद देखिए पनि सम्बन्धित दलका प्रतिनिधि र निर्वाचन अधिकृतहरूको समन्वयमा ती समस्या समाधान गरिएका छन्।
कार्कीका अनुसार दोलखाका केही निर्वाचन क्षेत्रमा देखिएको विवादबारे राजनीतिक दलहरू र निर्वाचन अधिकृतबीच छलफल भइरहेको छ। त्यसबाहेक अधिकांश मतदान केन्द्रहरूमा शान्तिपूर्ण ढंगले मतदान सम्पन्न भएको उनले बताए।
आईजीपी कार्कीले जेन–जी आन्दोलनपछि प्रहरीको मनोबल केही प्रभावित भए पनि सीमित स्रोत–साधनका बाबजुद सुरक्षाकर्मीहरूले समर्पित भावनाका साथ जिम्मेवारी निर्वाह गरेको उल्लेख गरे। उनले नेपालको सुरक्षा संयन्त्रले भौतिक स्रोतभन्दा कर्तव्यबोध र समर्पणलाई केन्द्रमा राखेर काम गर्दै आएको बताए।
उनले सुरक्षाकर्मीहरूले व्यक्तिगत सुविधा त्यागेर राष्ट्रलाई सर्वोपरि मानेर काम गरेकै कारण घोषित मितिमै शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुन सकेको उल्लेख गरे। कठिन परिस्थितिमा भत्किएका संरचना र जलेका सवारीसाधनबीच समेत सुरक्षाकर्मीहरूले न्यून स्रोत–साधनका साथ सडकमा खटिएर जिम्मेवारी पूरा गरेको उनको भनाइ थियो।
त्यस्तै सशस्त्र प्रहरी बलका महानिरीक्षक अर्यालले पनि निर्वाचन सुरक्षा व्यवस्थापन सफलताउन्मुख रहेको बताएका छन्। उनले सबै सुरक्षा निकाय, गृह मन्त्रालय तथा सरकारको दृढ अठोटका कारण निर्वाचनको सुरक्षा व्यवस्थापन प्रभावकारी बनेको बताए।
उनका अनुसार गृहमन्त्रीदेखि सिपाही तहसम्मका सुरक्षाकर्मीले जिम्मेवारीपूर्वक काम गरेकाले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुन सफल भएको हो। उनले जेनजी आन्दोलनदेखि मतदानको दिनसम्म आइपुग्दा विभिन्न चुनौती र विषम परिस्थितिको सामना गर्नुपरे पनि सुरक्षा निकायले ती समस्याको विश्लेषण गर्दै एकीकृत सुरक्षा योजनाअनुसार काम गरेको बताए।
दुवै सुरक्षा निकायका प्रमुखहरूले मतदानस्थलबाट मतपेटिका संकलनदेखि मतगणना कार्य सम्पन्न नहुँदासम्म सुरक्षा व्यवस्था एकीकृत सुरक्षा योजनाअनुसार नै अघि बढाइने बताएका छन्।

प्रकाशित मिति:
बिहीबार, फागुन २१, २०८२
१९:१०
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्