Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

प्रचण्डद्वारा शान्तिपूर्ण निर्वाचन सम्पन्न भएकोमा धन्यवाद

काठमाडौं ।  नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सफल भएको भन्दै सरकारसहित सबै सरोकारवालालाई धन्यवाद व्यक्त गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले विभिन्न आशंकाबीच सम्पन्न भएको निर्वाचन शान्तिपूर्ण, सभ्य र लोकतान्त्रिक वातावरणमा सम्पन्न हुनु सकारात्मक उपलब्धि भएको बताएका छन्। जटिल राजनीतिक परिस्थितिलाई सहजतातर्फ लैजान घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचन सबै चुनौती चिर्दै सफलतापूर्वक सम्पन्न भएको उनको भनाइ छ।

दाहालले नेपाल सरकार, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, निर्वाचनमा सहभागी राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गरेका छन्। उनले लेखेका छन्, “म नेपाल सरकार, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सहभागी राजनीतिक दलहरू, नागरिक समाज एवं सम्पूर्ण मतदाताप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।”

मतदानमार्फत जनताले देखाएको उच्च सहभागिता, संयमता र संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको विश्वासले लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ बनाएको उनको विश्वास छ। आगामी दिनमा जनताको निर्णयलाई सम्मान गर्दै देश र जनताको हितमा सबै पक्ष मिलेर अघि बढ्ने अपेक्षा समेत उनले व्यक्त गरेका छन्।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार