NL न्यूज
सिरहा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सिरहामा करिब ६५ प्रतिशत मत खसेको छ। निर्वाचन कार्यालय सिरहाका प्रमुख राजन श्रीवास्तवका अनुसार जिल्लाभर ६२ देखि ६५ प्रतिशतसम्म मतदान भएको अनुमान गरिएको हो। उनले मतपेटिका सबै केन्द्रबाट संकलन भएपछि मात्र अन्तिम विवरण सार्वजनिक गर्न सकिने बताए।हालसम्मको अनुमान अनुसार ६२ देखि ६५ प्रतिशतसम्म मतदान भएको देखिन्छ।
जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ। मतदान केन्द्रहरूमा मतदाताहरू उत्साहका साथ उपस्थित भई आफ्नो अमूल्य मत खसाएर घर फर्किएका छन्। कतिपय मतदाताले विगतका वर्षहरूको तुलनामा यस पटक मतदान गर्न सहज भएको प्रतिक्रिया दिएका छन्।
निर्वाचन आयोगको अद्यावधिक विवरण अनुसार निर्वाचन क्षेत्र नं–१ मा १ लाख ११ हजार ९४९ मतदाता रहेका छन् र यस क्षेत्रमा १३० मतदान केन्द्र कायम गरिएको छ।त्यसैगरी निर्वाचन क्षेत्र नं–२ मा १ लाख १५ हजार ७६० मतदाता रहेका छन् भने १३६ मतदान केन्द्र तोकिएका छन्।
निर्वाचन क्षेत्र नं–३ मा १ लाख १९ हजार २५० मतदाता रहेका छन् र यहाँ पनि १३६ मतदान केन्द्र रहेका छन्।यस्तै निर्वाचन क्षेत्र नं–४ मा १ लाख ६ हजार ६८६ मतदाता रहेका छन् भने १२९ मतदान केन्द्रबाट मतदान सम्पन्न भएको छ।





प्रतिक्रिया दिनुहोस्