Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

६० प्रतिशत मत खसेको निर्वाचन आयोगको प्रारम्भिक अनुमान

काठमाडौं । आज भएको मतदानमा करिब ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले प्रारम्भिक आँकलन गरेको छ । 

आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान रहेको जानकारी दिए ।यद्यपि पूरा विवरण संकलन हुँदै गरेको उनले बताए ।

केही मतदान केन्द्रमा नागरिकले मत जाहेर नगर्ने अडान राखे । केहीस्थानमा मत जाहेर भएन, मतदाता नै पुगेनन् । 

निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता थिए । जसमा ९६ लाख ६३ हजार ३५८ पुरुष मतदाता, ९२ लाख ४० हजार १३१ महिला मतदाता र २ सय जना अन्य मतदाता थिए ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार