Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

काठमाडौंका १० निर्वाचन क्षेत्रका यि स्थानमा हुनेछ मतगणना

काठमाडौँ । काठमाडौँमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत अधिकांश मतदान केन्द्रमा मतदान सम्पन्न भएको छ। साँझतिर अधिकांश केन्द्रमा मतदान प्रक्रिया सकिएपछि अहिले मुचुल्का तयार गर्ने तथा मतपेटिका संकलनको तयारी भइरहेको छ।

निर्वाचन आयोगका अनुसार काठमाडौँका विभिन्न मतदान केन्द्रबाट मतपेटिका सुरक्षित रूपमा संकलन गरेर तोकिएका मतगणना स्थलमा ल्याउने तयारी भइरहेको छ। मतपेटिका संकलन सकिएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने आयोगले जनाएको छ।

काठमाडौँमा प्रतिनिधिसभातर्फ १० वटा निर्वाचन क्षेत्र रहेका छन्। ती सबै क्षेत्रमा मतगणना हुने स्थान यसअघि नै निर्धारण गरिसकिएको छ। मतगणना स्थलहरूमा सुरक्षा व्यवस्थासहित तारजाली लगाइएको छ भने सीसी क्यामेरा जडान गरेर निगरानीको व्यवस्था मिलाइएको छ।

काठमाडौँका मतगणना स्थल
काठमाडौँका १० निर्वाचन क्षेत्रका लागि छुट्टाछुट्टै मतगणना स्थल तय गरिएको छ।
काठमाडौँ–१ को मतगणना सहकारी विभागमा हुने तय गरिएको छ।
काठमाडौँ–२ को मतगणना कागेश्वर मनोहरा नगरपालिकामा हुनेछ।
काठमाडौँ–३ को मतगणना चामुन्डा माध्यमिक विद्यालय नारायणटारमा गरिनेछ।
काठमाडौँ–४ को मतगणना बूढानीलकण्ठ नगरपालिका–२ जेष्ठ नागरिक कार्यालयमा हुने छ।
काठमाडौँ–५ को मतगणना श्री समाज भवन टोखा नगरपालिका–५मा हुने व्यवस्था गरिएको छ।
काठमाडौँ–६ को मतगणना तार्केश्वर नगरपालिका धर्मस्थलीमा हुनेछ।
काठमाडौँ–७ को मतगणना जुडो हल नयाँबजारमा हुने तय गरिएको छ।
काठमाडौँ–८ को मतगणना जनउद्धार माध्यमिक विद्यालय हरिसिद्धीमा गरिनेछ।
काठमाडौँ–९ को मतगणना चन्द्रगिरी नगरपालिका बलम्बुमा हुनेछ।
काठमाडौँ–१० को मतगणना त्रिभुवन विश्वविद्यालयको स्मृति भवन, कीर्तिपुरमा हुने तय गरिएको छ।

मतगणनाको तयारी
निर्वाचन आयोगले मतगणना स्थलमा आवश्यक पूर्वाधार र सुरक्षा व्यवस्थाको तयारी पूरा भएको जनाएको छ। मतगणना हुने स्थानमा तारजाली लगाएर सुरक्षित घेरा बनाइएको छ भने सम्पूर्ण गतिविधि निगरानी गर्न सीसी क्यामेरा जडान गरिएको छ। मतपेटिका संकलन गरेर सम्बन्धित मतगणना स्थलमा पुर्‍याइएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने बताइएको छ। सर्वदलीय बैठकमा मतगणना प्रक्रिया, तालिका तथा व्यवस्थापनबारे सहमति जुटाइनेछ। काठमाडौँका सबै क्षेत्रमा मतदान समग्रमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रशासनले जनाएको छ। अब मतगणना सुरु भएसँगै निर्वाचनको परिणाम क्रमशः सार्वजनिक हुने अपेक्षा गरिएको छ।
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार