NL न्यूज
काठमाडौं । गोरखामा ४९.६४ प्रतिशत मत खसेको छ ।
दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा दुईलाख २९ हजार ५८ मतदाता छन् । तिमध्ये १ लाख १३ हजार ७ सय २५ जनाले मतदान गरेको प्रारम्भिक विवरण प्राप्त भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले जानकारी दिए । कुल मतदाता मध्ये ४९.६४ प्रतिशतले मतदान गरेका छन् ।
जिल्लामा शान्तिपुर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ । मतपेटिका संकलनको क्रम पनि सुरु भैसकेको छ । मतपेटिका संकलन पश्चात सर्वदलिय वैठक बसेर मतगणनाका लागी तयारी थाल्ने उनले बताए ।
गोरखामा २ अस्थायी सहित ३३३ मतदान केन्द्र छन् । यहाँ क्षेत्र नं १ मा ११ राजनीतिक दलका ११ र स्वतन्त्र एक गरी १२ उम्मेद्वार छन् ।त्यस्तै क्षेत्र नं २ मा दुई स्वतन्त्र सहित १३ जना उम्मेदवार छन् ।

प्रकाशित मिति:
बिहीबार, फागुन २१, २०८२
१८:१६
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्