NL न्यूज
काठमाडौं । ओखलढुंगाको मानेभन्ज्याङ ७ स्थित शहिद स्मृति आ.वि.सातसल्ले मतदान केन्द्रमा प्रत्यक्षतर्फ भोट खसेन । यहाँ निर्वाचन कर्मचारीले मात्रै मतदान गरेका छन् ।
सो मतदान केन्द्रका ७ सय १ मतदाता मतदानमा सहभागी नभएपछि निर्वाचनमा खटिएका ४ कर्मचारीले समानुपातिक तर्फ मात्र मतदान गरेका हुन् ।
निर्धारित समयमा कोही पनि मतदान गर्न नआएको मतदान अधिकृत परवासी राईले बताइन् ।
प्रादेशिक अस्पताल बनाउने प्रक्रिया शुरु भएर पनि अस्पताल नबनेपछि असन्त्ुष्ट बनेका मतदाता मतदानमा सहभागी नभएका वडाअध्यक्ष विष्णु प्रसाद गौतमले बताए ।
प्रकाशित मिति:
बिहीबार, फागुन २१, २०८२
१८:०६
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२





प्रतिक्रिया दिनुहोस्