Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

सुदूरपश्चिममा ४ बजेसम्म ४६.५४ प्रतिशत मतदान

धनगढी — प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत सुदूरपश्चिम प्रदेशमा बेलुका ४ बजेसम्म ४६.५४ प्रतिशत मतदान भएको छ। प्रदेशभर रहेका १७ लाख १६ हजार ६६० मतदातामध्ये अहिलेसम्म ७ लाख ९९ हजार १९९ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।

खसेको मतमध्ये
महिला: ४ लाख ३६ हजार ५१२
पुरुष: ३ लाख ६२ हजार ५०३
अन्य: ४

प्रदेशका अधिकांश जिल्लामा बिहान ७ बजेदेखि नै मतदान शान्तिपूर्ण रूपमा जारी रहेको जनाइएको छ। मतदान केन्द्रहरूमा मतदाताको उपस्थिति क्रमशः बढ्दै गएकाले अन्तिम मतप्रतिशत अझ बढ्ने अपेक्षा गरिएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार