NL न्यूज
काठमाडौं — प्रधानमन्त्री सुशीला कार्की र कतारका प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीबीच टेलिफोन वार्ता भएको छ। आज दिउँसो भएको उक्त वार्तामा प्रधानमन्त्री कार्कीले मध्यपूर्वमा पछिल्ला दिनमा विकसित घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै संयम र कूटनीतिक समाधानको आवश्यकता औँल्याएकी हुन् । वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले कतारमा बसोबास तथा रोजगारी गर्दै आएका करिब ३ लाख ६० हजार नेपाली नागरिकको सुरक्षा र संरक्षण सुनिश्चित गरेकोमा कतार सरकारप्रति नेपाल सरकार र नेपाली जनताको तर्फबाट धन्यवाद व्यक्त गरिन् ।
उनले भनिन्,“हाल करिब ३,६०,००० नेपाली नागरिकहरू कतार राज्यमा बसोबास गर्दै काम गरिरहेका छन्। उनीहरू सुरक्षित छन् र राम्रोसँग हेरचाह गरिएको छ भन्ने कुरा सुन्दा मलाई अत्यन्त खुसी लागेको छ। हाम्रो जनताको हेरचाह गर्नुभएकोमा हामी तपाईं तथा तपाईंको सरकारप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ।”
प्रधानमन्त्री कार्कीले मध्यपूर्वमा विकसित परिस्थितिलाई नेपालले नजिकबाट नियालिरहेको उल्लेख गर्दै सम्बन्धित सबै पक्षलाई संयमित रहन, द्वन्द्व नचर्काउन र नागरिकको सुरक्षाको प्रत्याभूति गर्न आग्रह गरिन् । उनले सबै राष्ट्रले संयुक्त राष्ट्रसंघको बडापत्र, अन्तर्राष्ट्रिय कानुन, जेनेभा अभिसन्धि तथा मानवीय कानुनको सम्मान र पालना गर्नुपर्नेमा जोड दिइन् ।
प्रधानमन्त्री कार्कीले कुनै पनि बहानामा युद्ध शान्तिको विकल्प हुन नसक्ने उल्लेख गर्दै वार्ता र कूटनीतिको माध्यमबाट मात्र दीर्घकालीन शान्ति सम्भव हुने धारणा व्यक्त गरिन् । साथै दुई देशबीच उच्चस्तरीय भ्रमण, आर्थिक तथा सांस्कृतिक सहकार्य र जनस्तरको सम्बन्धमार्फत द्विपक्षीय सम्बन्ध थप सुदृढ हुने विश्वास पनि व्यक्त गरिन् ।
वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले कतारको सार्वभौम भूमिमा, विशेषगरी गैरसैनिक क्षेत्रमा भएको आक्रमणप्रति गहिरो चासो व्यक्त गर्दै कतारको परिस्थितिप्रति ऐक्यबद्धता जनाइन् । त्यस अवसरमा कतारका प्रधानमन्त्री अल–थानीले नेपाल र कतारबीचको सुमधुर र मित्रवत् सम्बन्धको प्रशंसा गर्दै कतारमा रहेका नेपाली नागरिकले देशको विकासमा ठूलो योगदान दिएको बताए । उनले वर्तमान परिस्थितिमा पनि नेपाली नागरिकलाई कतारी नागरिकसरह सुरक्षा र संरक्षण प्रदान गरिने स्पष्ट पारे ।

प्रकाशित मिति:
बिहीबार, फागुन २१, २०८२
१६:११
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्