Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

सल्यानमा ३ बजेसम्म करिब ३८ प्रतिशत मत खस्यो

सल्यान । सल्यानमा दिउँसो ३ बजेसम्म ६२ हजार २६१ मत खसेको छ।

जिल्लामा रहेका कुल १ लाख ६४ हजार ५९५ मतदातामध्ये ३७ दशमलव ८३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

शारदा नगरपालिकामा १३ हजार ४६२ मत खसेको छ भने कालिमाटी गाउँपालिकामा ८ हजार ३५०, बागचौर नगरपालिकामा ७ हजार ५६३, छत्रेश्वरी गाउँपालिकामा ६ हजार ४९१ र बनगाड कुपिण्डे नगरपालिकामा ६ हजार ८२० मत खसेको छ।

यस्तै सिद्ध कुमाख गाउँपालिकामा ४ हजार ९२५, त्रिवेणी गाउँपालिकामा ४ हजार २५८, कपुरकोट गाउँपालिकामा ४ हजार ५५३, कुमाख गाउँपालिकामा ३ हजार ४४४ र दार्मा गाउँपालिकामा २ हजार ३९५ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान कार्य  शान्तिपूर्ण रूपमा जारी  छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार