NL न्यूज
सुर्खेत — प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत कर्णाली प्रदेशमा दिउँसो ३ बजेसम्म ४५.२ प्रतिशत मतदान भएको छ। प्रदेशका १२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा रहेका मतदान केन्द्रहरूबाट प्राप्त विवरण अनुसार १० लाख ३७ हजार २५० मतदाता मध्ये ४ लाख ६८ हजार ४२५ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।
खसेको मतमध्ये
महिला: २ लाख ५१ हजार १९७
पुरुष: २ लाख १७ हजार २२६
अन्य: २
सबै जिल्लामा बिहान ७ बजेदेखि मतदान सुरु भएको थियो र अधिकांश स्थानमा मतदान शान्तिपूर्ण रूपमा जारी रहेको जनाइएको छ।
जिल्लागत मतदान अवस्था
कर्णालीका विभिन्न निर्वाचन क्षेत्रमा मतदान प्रतिशत फरक–फरक देखिएको छ।
डोल्पा – ५९.४६% (सबैभन्दा बढी)
मुगु – ५५.४२%
हुम्ला – ५२.९१%
रुकुम पश्चिम – ५०.६१%
जाजरकोट – ४९.७५%
सुर्खेत–१ – ४८.२५%
जुम्ला – ४७.६७%
सुर्खेत–२ – ४६.११%
कालिकोट – ४२.६४%
सल्यान – ३८.४५%
दैलेख–१ – ३७.३३%
दैलेख–२ – ३५.२७% (सबैभन्दा कम)
ग्रामीण तथा हिमाली जिल्लाहरूमा बिहानैदेखि मतदाता केन्द्रमा पुग्दा डोल्पा, मुगु र हुम्ला जस्ता जिल्लामा अपेक्षाकृत बढी मतदान भएको देखिएको छ।
निर्वाचन आयोगका अनुसार बेलुका ५ बजेसम्म मतदान जारी रहने छ र अन्तिम मतप्रतिशत अझ बढ्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
बिहीबार, फागुन २१, २०८२
१५:२२
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्