Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

स्याङ्जामा दुई घण्टा रोकिएको मतदान फेरि सुरु

काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका–१० स्थित बालज्योति आधारभूत विद्यालयमा विवाद हुँदा केही बेर रोकिएको मतदान फेरि सुरु भएको छ ।  

१७१ मत खसेपछि निर्वाचन अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिँदा उत्पन्न विवादका कारण मतदान प्रक्रिया अवरुद्ध भएको थियो ।

तत्काल प्रयोगमा रहेका दुवै मतपेटिकालाई सिलबन्दी गरेर छुट्टै गणना गर्ने सहमति भएपछि मतदान पुनः सुरु भएको निर्वाचन अधिकृत ऋषि पौडेलले बताए । 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार