NL न्यूज
काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका ४ को मालु मतदान केन्द्रमा तनावको कारणले रोकिएको मतदान अझै सुरु हुन सकेको छैन।
कांग्रेस र नेकपाले बुथ कब्जा गर्न खोजेपछि एमाले र रास्वपाले विरोध जनाएपछि अवस्था तनावग्रस्त बनेको थियो।
नेपाली कांग्रेसका वडा सदस्य यज्ञबहादुर श्रेष्ठ, तामाकोशी गाउँपालिकाका तरुण दल अध्यक्ष अनिल श्रेष्ठ र नेकपाका नेता अर्जुन योगीले मतपत्रको ठेली नै बोकेर हिँडेका थिए।
मतदान अधिकृतले रोक्न खोज्दाखोज्दै कांग्रेस र नेकपा मिलेर बुथ कब्जा गर्न खोजेपछि परिस्थिति नियन्त्रण बाहिर गएपछि प्रहरीले हवाई फायरसमेत गरेको थियो।
मतपत्रको ठेली नै बोकेर हिँडेका कांग्रेस र नेकपा नेताहरूलाई खोजी भइरहेको छ।
प्रकाशित मिति:
बिहीबार, फागुन २१, २०८२
१४:४१
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२





प्रतिक्रिया दिनुहोस्