Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

६ घन्टामा ४४ लाख मत खस्यो

काठमाडौं । निर्वाचन आयोगले दिउँसो १ बजेसम्म ४४ लाख मत खसेको जानकारी दिएको छ ।

बिहान ७ बजेबाट सुरु भएको मतदान दिउँसो १ बजेसम्ममा ४४ लाख ५५ हजार ७ सय ९० मत खसेको आयोगले जनाएको छ । १ बजेसम्म काठमाडौं उपत्यकामा ३६ प्रतिशत मत खसेको छ ।

उपत्यकामा ४ लाख २२ हजार ६ सय ३८, काेशीमा ८ लाख २७ हजार २ सय ८७, मधेशमा ७ लाख २० हजार ७ सय ५२, बागमतीमा ४ लाख ७३ हजार ७७, लुम्बिनीमा ८ लाख ६८ हजार ३६९, गण्डकी ३ लाख ९३ हजार ९८७, कर्णाली ३ लाख १७ हजार ९२० र सुदूरपश्चिम प्रदेशमा ४ लाख ३१ हजार ७६० मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार