NL न्यूज
काठमाडौं । झापाका लागि उडेका रास्वपाका उम्मेदवार बालेन शाह चढेको हेलिकोप्टर सुरक्षा चुनौतीका कारण काठमाडौं फर्किएको उनको सचिवालयले जनाएको छ ।
काठमाडौंको सिनामंगलमा बिहानै मतदान गरेर हेलिकोप्टरमा झापा गएका उनी ल्यान्ड नगरी फर्किएका थिए । शाह झापा–५ बाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार छन्।
सचिवालयले सुरक्षा चुनौतीका कारण फर्किएको बताएपनि अबस्था शान्तपुर्ण रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
उनि झापा ल्याण्ड नगरी फर्किएपछि अनुमति विना हेलिकोप्टरबाट गएकाले फर्किएको पनि चर्चा चलेको थियो । तर, हेलिकप्टर प्रयोग गर्ने अनुमति फागुन २० गते नै प्राप्त भएको उनको सचिवालयले स्पष्ट पारेको छ ।

प्रकाशित मिति:
बिहीबार, फागुन २१, २०८२
१२:३१
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२





प्रतिक्रिया दिनुहोस्