Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

चार घन्टामा १० प्रतिशत मत खस्यो

काठमाडौं । मतदान सुरु भएको चार घन्टामा देशभर १०.१८ प्रतिशत मत खसेको छ ।

बिहान ११ बजेसम्म देशभरि १०.१८ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

यो अबधिमा देशभरि १९ लाख २३ हजार ८२४ मत खसेको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

 यो निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् । 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार