Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

हुम्लामा चार हजार ५ सय ८० मत खस्यो, चालामा मतदान हुन बाँकी

हुम्ला ।  हिमाली जिल्ला हुम्लामा विहिबार विहानदेखि शान्तीपूर्ण तवरमा मतदान भइरहेको छ । यहाँका मतदाताले उत्साहपूर्ण मतदान गरिरहेका छन् ।  विहान सात बजेदेखि अहिले दश बजेसम्म हुम्लाका ६३ वटा मतदान केन्द्रबाट चार हजार पाँच सय असी मत खसेको मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले बताए । उनका अनुसार अहिले जिल्लाभर मतदान जारी रहेको छ । शान्तिपूर्ण वातारणमा मतदान भइरहेको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिका–४ को चाला बाहेकका अन्य सबै मतदान केन्द्रमा मतदान भइरहेको छ । 

नाम्खा गाउँपालिका–४ को हिमाललय प्राबि चाला मतदान केन्द्रमा चिसोका कारण अहिले सम्म मतदाता नपुगेका कारण मतदान हुन नसकेको हो । यहाँ घाम नलाग्दा चिसो अत्येधिक हुने भएकाले घाम लागि सकेपछि मात्रै मतदान सुरु हुने भएको छ । मतदानमा खटिएका कर्मचारीहरुले मतदानको सबै तयारी पूरा भएको जानकारी दिएका छन् । तर चिसोले मतदाता नपुगेका कारण मतदान हुन नसकेको हो । 

जिल्लामा हालसम्म कुनै अप्रिय घटना नभएको र सुरक्षा व्यवस्थासमेत सुदृढ रहेको जनाइएको छ । निर्वाचन आचारसंहिताअनुसार मतदान केन्द्रबाट तीन सय मिटरभित्र मादक पदार्थ बिक्री–वितरण गर्न निषेध गरिएको छ । भने पाँच सय मिटरभित्र प्रचार–प्रसार सामग्री टाँस्न रोक लगाइएको छ । मतदाता परिचयपत्र हराएको अवस्थामा फोटोसहितको अन्य सरकारी परिचयपत्रका आधारमा पनि मतदान गर्न सकिने व्यवस्था गरिएको छ । साथै अशक्त, अपांगता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकले आवश्यक परे एकाघरका सदस्य वा इच्छाएको व्यक्तिको सहयोगमा मतदान गर्न पाउने प्रावधान रहेको छ । हुम्लामा कुल ३४ हजार पाँच सय दुई मतदाता रहेका छन् ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार