NL न्यूज
पाँचथर । पाँचथरका मुख्य निर्वाचन अधिकृतकै मतदाता नामावली नभएको पाइएको छ ।
विहान साढे ७ बजे पाँचथर कारागारस्थित अस्थायी मतदान केन्द्रमा पुगेका मुख्य निर्वाचन अधिकृत कुमार मास्केको नाम मतदाता नामावलीमा नभेटिएपछि उनले मतदान गर्न पाएनन् ।
पाँचथरका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल र डीएसपी अनिषकुमार कर्ण लगायत कर्मचारीले यही केन्द्रबाट भोट हालेका छन् ।
पाँचथरका सबै केन्द्रमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत शान्तिपूर्ण रूपमा मतदान जारी छ । केही केन्द्रमा निर्धारित समयभन्दा १०÷१५ मिनेट ढिला गरी मतदान सुरु भएको थियो ।
राजनीतिक दलका प्रतिनिधि समयमा नआइपुग्दा मतदान ढिला सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लाभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको र एक घण्टाको अवधिमा झन्डै एक हजार ५०० मत खसेको जनाइएको छ ।

प्रकाशित मिति:
बिहीबार, फागुन २१, २०८२
०९:१३
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्