Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आम मतदातालाई अनिवार्य रूपमा मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेकी छन्।

सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन मतदातालाई आह्वान गरेकी हुन्।
उनले लेखेकी छन्, “आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज फागुन २१, अनिवार्य रूपमा मतदान केन्द्र पुगी आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न हार्दिक आग्रह गर्दछु।”

प्रधानमन्त्री कार्कीले मतदाताले खसाल्ने प्रत्येक मतले देशको भविष्य निर्धारण गर्ने उल्लेख गर्दै शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन मतदाताले देखाएको संयम र समझदारीप्रति आभार पनि व्यक्त गरेकी छन्।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार